Sajhamanch Archive

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सबै लोकतन्त्रवादीलाई देउवाको आग्रह

Published: in राजनीति by .

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रवादीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन्।

कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ।

यस अघि कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरेक छन्। भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन देउवाले आग्रह गरेका छन्।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *