Sajhamanch Archive

एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि शिवसताक्षी क्षेत्रलाई

Published: in शिक्षा, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को वित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार शनिश्चरेमा सम्पन्न भएको छ ।

लगातार दोस्रो पटक उपाधि जित्दै संस्थाको शिवसताक्षी क्षेत्रले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेको हो । दोस्रो हुने प्रधान कार्यालय कर्पोरेट र तेस्रो हुने कनकाई क्षेत्रले क्रमशः ८ हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

शनिश्चरेस्थित संस्थाको भवनमा सम्पन्न प्रतियोगितामा ६ वटा क्षेत्रीय कार्यालय र प्रधान कार्यालय कर्पोरेट गरी ७ वटा टिमको सहभागिता थियो ।
वित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य मैया प्रधानले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।

त्यस्तै उपसमिति सदस्य दिपक दाहाल र कमलप्रसाद पाठकले प्रतियोगीलाई प्रश्न सोधेका थिए भने कार्यक्रमको सञ्चालन एनएमसी अजुर्नधारा क्षेत्रीय कार्यालयका प्रमुख बासुदेव खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *