Sajhamanch Archive

नेकपा सुनसरीको नयाँ नेतृत्वले लियो सपथ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ ।

नेकपा ओली समूहका नवनियुक्त अध्यक्ष रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव, सहसचिव लिलम वस्नेत, संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् ।

साविकको जिल्ला कमिटीमा सदस्यहरु थप गरी ४६७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले उनीहरुलाई सपथ गराएका हुन् । नेकपा ओली समूहले सुनसरीका १२ वटै स्थानीय तहको अध्यक्षसमेत तोकेको छ ।

जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार इटहरी अध्यक्षमा याम सुब्बा, धरानमा हर्कजंग एभेङ्ग, दुहवी खड्गनारायण उराउ, वराहक्षेत्र गजेन्द्र थापा, रामधुनी योगेन्द्र खडका, इनरुवा विदुर सुवेदी, गढी प्रभाकर माझी, बर्जु दिलकुमार गुरुङ्ग, देवानगंज रामप्रसाद मेहता, हरिनगर जयप्रसाद शाह, भोक्राहा नरसिंह अक्रम अन्सारी, कोशी रामखेलन शाह अध्यक्षमा मनोनयन भएका छन् ।

बैठकले गत पौष ५ गतेको प्रधानमन्त्रीले लिएको निर्णयको हार्दिक समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले आगामी वैशाखका लागि घोषित निर्वाचनमा सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विजयी हुने विश्वासका साथ दृढतापूर्वक अघि बड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैगरी फागुन ८ गते विराटनगरमा हुने प्रादेशिक जनसभामा सुनसरीवाट ३० हजार भन्दा बढीको सहभागिता गराउने तयारी गरिएको वैठकपछि अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *