Sajhamanch Archive

सरकार गठनको उपलब्धि आज सार्वजनिक गर्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको आज तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उनले अघि सारेको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ । यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको गुनासो छ ।

तत्कालीन वाम गठबन्धनले ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै काम सुरु समेत हुन सकेको छैन । रेल, पानीजहाज लगायतका महत्वाकांक्षी योजनाहरु घोषणामै सीमित छन् । तै पनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दाबी गरेको छ ।

यसबीचमा सडक निर्माणको कामलाई लिएर भने नागरिकले पनि सरकारको प्रशंसा गरेका छन् । नियमित काम नै भए पनि सडक विस्तार तथा सुधारको काम राम्रो भएको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले बताए । तर गर्न सक्ने काम पनि सरकारले गर्न नसकेको उनको भनाइ छ ।

तीन वर्षमा भएको कामबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारबाट ब्रिफिङ गर्ने तयारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *