Sajhamanch Archive

जो हाँस्छ उ धेरै बाँच्छ टेलिसिरियलको छायाङ्कन शुरु

Published: in गीत/संगीत/मनोरञ्जन by .

बिर्तामोड । पछिल्लो समय झापा चलचित्र छायाङ्कनको हटस्पट बन्दै गएको छ । एक महिनाको अन्तरमा ठूलो पर्दाका दुईवटा चलचित्रको छायाङ्कन सम्पन्न भइसकेको छ । सोमबारबाट झापाको अर्जुनधारामा जो हाँस्छ उ धेरै बाँच्छ नामक हास्य टेलिसिरियलको छायाङ्कन शुरु भएको हो ।

द मानस क्रिएसन प्रालिको ब्यानरमा सो टेलिसिरियल छायाङ्कनको शुभ मुहुर्त गरिएको हो । हरेक महिनाको शनिबार सो टेलिसिरियल प्रसारण हुने जनाइएको छ । टेली श्रृङ्खलाको प्रस्तुतकर्ता केशव वैरागी माइलो हुन् ।

जो हाँस्छ उ धेरै बाँच्छ नामक हास्य टेली श्रृङ्खलाको निर्देशन हिमाली लिङ्देनले गरेकी हुन् । टेली श्रृङखलाको संगीत विकास चौधरी, कथा तथा पटकथा बिरु गुरुङ, सम्पादन तिलक रिजाल, गीत केशव बैरागी माइलो, निर्माता धर्मेन्द्र तिम्सिना र छायाङ्कन विक्रम डिसीले गरेका छन् ।

टेलिचलचित्रमा विक्रम धिमाल, कृष्ण तामाङ, मौसम भट्टराई, निसा आचार्य, रेनु भट्टराई, दिप्सन पौड्याल, महाप्रसाद कोइराला, गजेन्द्र तामाङ आदि कलाकारहरु रहेका छन् । हास्य प्रधान टेलिचलचित्रमा नेपाली समाजमा विद्यमान घटनाहरुलाई हास्य व्यङ्ग्यका मार्फत प्रस्तुत गरिने छ ।

टेलिचलचित्रमा अन्य ख्याती कमाएका कलाकारहरुको समेत प्रस्तुति रहने कलाकार भुपेन्द्र लिङ्देन मन्त्रीले जानकारी दिए । चलचित्रको शुभमुहुर्त अर्जुनधारा नगरपालिकाका खेलकुद विकास समिति संयोजक अर्जुन मेचेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *