Sajhamanch Archive

देवकोटामा सरस्वतीको मन्दिर शिलान्यास

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड ९ स्थित देवकोटा आधारभुत विद्यालयमा सरस्वतीको मन्दिर शिलान्यास गरिएको छ।

सरस्वती पुजाको अवसरमा आज एक कार्यक्रमको बिच बिर्तामोड नगरपालिकाका प्रमुख धुर्व कुमार शिवाकोटी र उप प्रमुख पवित्रा महतरा प्रसाईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । स्थानीय युवाहरूको अगुवाइमा मन्दिर स्थापना र विद्यालयको भौतिक संरचना व्यवस्थापन गरिने बताइएको छ।

विद्यालयमा फुलबारी व्यवस्थापन ,कक्षाकोठा र खेलमैदानलाई व्यवस्थित गर्ने लक्ष्य लिईएको निर्माण समितिका अध्यक्ष सरोज पौडेलले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष पवित्रा पाठक उप प्रमुख पवित्रा प्रसाई ,नगरप्रमुख शिवाकोटीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटीले विद्यालयले आवश्यकता अनुसार माग गरेमा सम्पुर्ण सहयोग गर्ने बताए। सो कार्यक्रममा उपस्थित तथा आमन्त्रित पाहुनाहरुलाई विद्यालयका प्रध्यानाध्यापक मुकुन्द रेग्मीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *