कम्युनिष्ट योद्धा चौधरी घर पसे
Published:
by .बिर्तामोड । २०२८ सालका कम्युनिस्ट योद्धा टंकप्रसाद चौधरीका लागि निर्माण गरिएको घर आज सरस्वती पूजाको दिन एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।
बिर्तामोडका ४ बिदुर तिवारीले योद्धा चौधरीलाई ५ दशमलव ५ धुर जग्गा निशुल्क उपलब्ध गराएका थिए । बिर्तामोडका नगरप्रमुख ध्रुबकुमार शिवाकोटी र उपप्रमुख पबित्रा महतरा प्रसाईले चौधरीलाई घर हस्तान्तरण गरेका हुन् ।
चौधरी २०२८ सालको कम्युनिस्ट आन्दोलनका क्रममा ९ वर्ष ३ महिना जेल जीवन बिताएका थिए। श्रीमती र एक छोरीका साथ उनी बिर्ताबजारमा कोठा भाडामा बस्दै आएका छन् ।
जग्गादाता तिवारीले हस्तान्तरण कार्यक्रममा नगरपालिकाले घर निर्माण गरिदिएकोमा खुशी व्यक्त गरेका छन् ।
घर हस्तान्तरण गर्दै नगरप्रमुख शिवाकोटीले सबै निमुखा जनताको आवास निर्माण गर्न नगरपालिका लागेको बताउँदै अब कोही पनि घरबार बिहिन हुन नपर्ने बताए ।
Comments