चिकित्सकहरुले बढाए बिरामी जाँच शुल्क
Published:
by .काठमाडौं । चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने नयाँ परामर्श शुल्क बुधबारबाट लागू भएको छ ।
नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल ९अपिन०को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेको संघ र अपिनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघसंगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएपछि संघ र अपिनको बैठक बसेर उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सक परामर्श शुल्क प्रत्येक २ वर्षमा पुनरावलोकन हुने व्यवस्था सरकारले गरेको छ ।
एमबीबीएस / बीडीएस पास गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकले ३७० र ५ वर्ष अनुभव भएपछि ४५० रुपैयाँ शुल्क बिरामी जाँचे बापत लिन पाउने छन् । यसैगरी डिप्लोमा गरेका तर ५ वर्ष सेवा अनुभव नभएकाले ५१५ रुपैयाँ र ५ वर्ष अनुभव भएकाले ५९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी एमडी / एमएस / एमडीएस गरेर ५ वर्ष अनुभव नभएका चिकित्सकको ६६०, ५ वर्ष अनुभव भएका चिकित्सकको ७००, डीएमरएमसीएच गरेर ५ वर्ष अनुभव भएका चिकित्सकको ७७० तथा डीएमरएमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सक र एमडीरएमएसरएमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८२५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ ।
अनलाइनखबर
Comments