संविधान बिरामी पनि छैन र कोमामा पनि छैन : अधिवक्ता पाठक
Published:
by .काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् ।
आफ्नो राय पेश गर्दै संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् ।
इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संग्रौलाले संविधानको धारा अक्सिजन भएको पनि बताइन् ।
‘संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका छौ’, संग्रौलाले यसअघि रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले भनेजस्तो संविधान बिरामी नभएको तर्क पेश गरिन् । उनले बहसका क्रममा सायरीहरु समेत सुनिने गरेको भन्दै बरु यो मुद्दासँग सुहाउँदो स्वर सम्राट नारायण गोपालको गीत सुहाउने भन्दै उक्त गीतको केही हरफ इजलासमै सुनाइन् ।
Comments