Sajhamanch Archive

भद्रपुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू

Published: in खेलकुद, स्थानीय तह by .

भद्रपुर । भद्रपुरमा आजदेखि प्रथम मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

भद्रपुर नगरपालिकाको आयोजनामा सुरू भएको प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सदस्य वसन्त बानियाँले ब्याटिङ गरेर तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठले बलिङ गरेर गरेका हुन् ।

श्याम राउतको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ र प्रमुख अतिथि बानियाँले शुभकामना प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाइ २० हजार , दोस्रो लाई १५ हजार र ट्रफी पुरस्कार राखिएको छ। प्रतियोगिता मेची रंगशालामा सञ्चालन भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *