मतदाता नामावली अध्यावधिक सक्ने तयारीमा निर्वाचन आयोग
Published: (Updated: )
by .काठमाडौं । मध्यावधी निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोग मतदाता नामावली अध्यावधिक गर्ने काम सक्ने तयारीमा छ ।
वैशाख १७ र २७ गते हुने भनेर तोकिएको निर्वाचनलाई लक्षित गरेर आयोगले नामावली अध्यावधिक फागुन तेस्रो सातासम्ममा सम्पन्न गर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम भइरहेको जानकारी दिए ।
राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्नेनराख्ने, निर्वाचन खर्चलगायतबारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने प्रवक्ता श्रेष्ठले बताए । आयोगले सुझावलाईसमेत समेटेर स्वीकृत गरेपछि आचारसंहिता लागू हुनेछ ।
आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने क्रममा केही दिनभित्रै बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
आयोगले निर्वाचन निर्देशिका बनाउने काम पनि गरिरहेको र त्यसका लागि अध्ययनको काम भइरहेको जानकारी गराएको छ । यसैबीच, चुनावअघि नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधान गर्नुपर्ने भएकाले आयोगले छिट्टै नेकपाको विवाद टुङ्ग्याउने गरी काम गरिरहेको प्रवक्ता श्रेष्ठले जनाए ।
Comments