Sajhamanch Archive

प्रधानमन्त्री ओली देउवाकै कारण अधिनायकवादी बने : वरिष्ठ नेता पौडेल

Published: (Updated: ) in राजनीति by .

सुनसरी । नेपाली कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगााएका छन् ।

आइतबार बिहान नेपाल प्रेस सुनसरी सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाएका हुन् ।

शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।

केही दिनअघि सभापति शेरबहादुर देउवाले आन्दोलनमा जाँदा पैसा चाहिन्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि नेता पौडेलले प्रतिवाद गरेका छन् । आन्दोलन पैसाले नभई विचारले हुने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *