Sajhamanch Archive

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ८० पुग्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टा ४९ जनामा कोरोना संक्रमण भएको छ।

त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *