Sajhamanch Archive

आर्सनलमाथि सिटीको जित

Published: in खेलकुद by .

काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनललमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

सिटीले पछिल्लो समय प्रिमियर लिगमा लगातार जित निकाल्न सफल भएको छ । सुरुआती खेलहरुमा कमजोर देखिएको सिटीले हाल १० अंकको अग्रता बनाएको छ ।

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए ।

जितसँगै शीर्ष स्थानको सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । पराजित आर्सनल भने लिगको दशौँ स्थानमा छ ।

आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *