Sajhamanch Archive

राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटक प्रतिरक्षा नीति २०७७ स्वीकृत भएको जानकारी दिए ।

राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको हो ।

मुलुकलाई बाह्य शक्तिको आक्रमणबाट सुरक्षित राख्न तथा सामना गर्न तयार पारिएको रणनीति तथा योजना र जिम्मेवारी समेटिएको प्रतिरक्षा नीतिले राष्ट्रलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *