Sajhamanch Archive

निफ्रा सेयरमा नकारात्मक सर्किट

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (बैंक निफ्रा) को सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेको भएपनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा झरेको थियो ।

मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भएपनि खरिद गर्ने लगानीकर्ता भने शून्य छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *