Sajhamanch Archive

नारी सञ्चार गृहलाई सहयोग जुट्ने क्रम जारी

Published: in समाज by .

बिर्तामोड । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखी स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्ने क्रम जारी छ ।

नेपाल महिला उद्यमी संघ झापाका अध्यक्ष पार्वता विमली खरेलले मंगलबार ११ हजार रुपैयाँ प्रदान गरेकी छन् ।

बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष विमलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाललाई उक्त रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन् ।

सहयोग हस्तान्तरण गर्दै विमलीले अक्षयकोषमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । सोही अवसरमा सञ्चार गृहका अध्यक्ष शिवाकोटीले धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरुप्रति हार्दिक आभारी रहेको बताइन् ।

यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश नं १ का समिति सदस्य तीर्थ सिग्देलले पनि सञ्चार गृहको कोषका लागि ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *