कोभिड–१९ विरुद्धको खोप चार लाख २९ हजार नेपालीले पाए
Published:
by .काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा लक्षित वर्गमध्ये ८५.६५ प्रतिशतले खोप लिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पहिलो चरणको तीन ‘लट’मा जम्मा चार लाख २९ हजार ७०५ जनाले खोप लिएका हुन् । यो नेपालको जनसंख्याको १।४ प्रतिशत हो । सरकारले गएको माघ १४ गतेदेखि सुरु गरेको पहिलो चरणको अभियानमा चार लाख ३० हजारजनालाई खोप दिने लक्ष्य राखेको थियो ।
दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेदेखि सुरु हुँदै छ । दोस्रो चरणको अभियानमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ भने जोखिमका आधारमा लक्षित वर्ग थप गर्दै लैजाने मन्त्रालयले जनाएको छ ।
बाह्रखरी
Comments