Sajhamanch Archive

‘स्वास्थ्य जीवनकालागि खेलकुद’ नाराका साथ झापामा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

Published: in खेलकुद by .

झापा । झापाको बिर्तामोडमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।फागुन २३ देखि २५ गते सम्म झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७७ हुने भएको हो ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा बिर्तामोडस्थित महानन्दचोकमा रहेको बिर्ता व्याडमिन्टन क्लबको कर्वड हलमा प्रतियोगिता गर्न लागिएको लायन्स क्लब अफ अनारमनीका निवर्तमान अध्यक्ष तथा जोन चियर पर्सन लायन क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एवान नेपालका शैलेन्द्र कुरुम्वाङले जानकारी दिए । ‘स्वास्थ्य जीवनकालागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो खुल्ला व्याडमिन्टन प्रतियोगिता गर्न लागिएको उनले बताए ।

प्रतियोगितामा बिजेता हुने खुल्ला तर्फका प्रथम प्रतियोगिले २५ हजार , दोस्रो हुनेले, २० हजार र तेस्रो हुनेले ८ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै भेट्रान तर्फका प्रथम हुने विजेताले २० हजार , दोस्रो हुनेले १५ हजार र तस्रो हुनेले ५ हजार नगद प्राप्त गर्नेछन् ।

त्यस्तै सुपर भेट्रान तर्फका प्रथम विजेताले १० हजार , दोस्रो हुनेले पाँच हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा भाग लिने प्रतिटिमले २ हजार रुपैंया प्रवेश शुल्क बुझाउनु पर्ने आयोजक लायन्स क्लब अफ अनारमनीले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा भाग लिने टिमले १८ गतेदेखि २१ गते सम्म टिम दर्ता गराइसक्नु पर्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *