Sajhamanch Archive

‘एक साँझ शिवका माझ’

Published: in मुख्य समाचार, समाज by .

झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने अर्जुनधाराधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । उनका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ३१ हजार रु २१ हजार र रु ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु दुई हजार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि रु एक हजार र शिव भजनका लागि रु ५०० शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको प्रारम्भिक छनोट २५ र २६ गते हुने बताइएको छ । दुवै विधामा ५०/ ५० जना सहभागी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा जसमध्ये ५ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तिमा रु ५ लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताए ।

धाममा २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *