Sajhamanch Archive

हलेँसीमा आयो बजाज आरई बिएस सिक्स

Published: in अर्थतन्त्र, मुख्य समाचार by .

झापा । हलेसी टे«ड लिङ्कले बजाजको तीन पाङ्ग्रे अटो बजारमा ल्याएको छ ।

आज बिहीबार पत्रकार सम्मेलन गरी नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज तीन पाङ्ग्रे अटो आरई बिएस सिक्स बजारमा ल्याएको हो ।

झापाको बिर्तामोडस्थित हलेसी टे«ड लिङ्कमा आज आयोजित कार्यक्रममा हलेँसी टे«ड लिङ्कका पहिलो ग्राहक राजकुमार राय र मोहनबहादुर कार्कीलाई कम्पनीका सञ्चालक दम्पत्ती चुणामणि र रचना पौडेलले कदर पत्रसहित सम्मान गरेका थिए ।

कम्पनीका सञ्चालक पौडेल दम्पत्ती तथा सम्मानित अटोरिक्सा व्यवसायीद्वयले नयाँ अटोको अनावरण गरेका थिए । कम्पनीका मेनेजर गणेश गौतमले सञ्चालन गरेको कार्यक्रममा हलेँसी टे«ड लिङ्कका सञ्चालक पौडेलले शब्दद्वारा स्वागत गर्दैै भारतबाट उत्पादित बिएस सिक्स मोडलको अटोका विभिन्न १०वटा फिचर सम्बन्धी जानकारी गराएका थिए ।

उनले भर्खर बजारमा आएको बजाज अटोको मुल्य पहिलाको भन्दा ३० हजारले वृद्धि भई ५ लाख ६४ हजार ९०० रुपैयाँ कायम गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । नयाँ डयास् बोर्डमा एफएम तथा एमपी थ्री जडान गरिएको आरईमा धेरै स्टाइलिश फिचरहरु राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *