Sajhamanch Archive

झापाबाट पाँच ग्राम लागूऔषधसहित एक जना प्रक्राउ

Published: in समाज by .

झापा । मेचीनगर नगरपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । बिर्तामोड नगरपालिका ३ का २१ वर्षीय उदयकुमार साहलाई प्रहरीले प्रक्राउ गरेको हो ।

उनलाई मेचीनगर नगरपालिका मेची पूलबाट प्रतिबन्धीत लागूऔषध पाँच ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रक्राउ गरेकोे झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

बिहिबार साढे चार बजे चेकजाँचका क्रममा लुकिछिपी ल्याउदै गरेको लागूऔषध ब्राउनसुगर बरामद गरी साहलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरी प्रवक्ता थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *