Sajhamanch Archive

परीक्षा उत्तीर्ण भएको महिना दिनमा लाइसेन्स पाइने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको संख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

ठूलो संख्यामा कार्ड छाप्ने उपकरण ९मास प्रिन्टर०को प्रयोग गरेर एकैदिनमा धेरै संख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै संख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ ।

विभागले १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरिद गर्न लागेको कम्पनीले अहिले थोरै संख्यामा कार्ड नमुना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठिक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । उनले भने, ‘‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो । नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ ।’’

विभागले गत वर्ष खरिद गरेको मास प्रिन्टरको क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, ‘‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।’’

कोभिड–१९ का कारण झन्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए ।

मास प्रिन्टरसँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *