Sajhamanch Archive

सेनाको विरोधमा अभिव्यक्ति दिएको आरोपमा म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त

Published: in विश्व समाचार by .

काठमाण्डौ । म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्योउ मोइ टन बर्खास्त भएका छन् ।

सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो ।

राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिएका थिए । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ ।

म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । हिजोमात्रै त्यहाँको सरकारले दर्जनभन्दा धेरै व्यक्तिलाई पक्राउ गरेको छ भने सेनाको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *