Sajhamanch Archive

म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

Published: in विश्व समाचार by .

काठमाडौं । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार १८ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ। सैनिक ुकूुका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केतनदेखिएपछि प्रहरी गोली चलाएको जनाएको छ।

सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो शहरमा दिनहुँ प्रदर्शन भइरहेका छन्।

यसै महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन।

आज सोमबार समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो । सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौं नेतालाई गिरफ्तार गरेको छ। सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अरु कैयौं देशले विरोध गरेका छन्।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *