Sajhamanch Archive

प्रधान सेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार थापाले आज छाउनी स्थित वीरेन्द्र अस्पतालमा कोभिड १९ विरुद्धको खोपको पहिलो डोज लिएका हुन्।

माघ दोस्रो सातादेखि नेपालमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी लगायत फ्रन्टलाइनरलाई खोप लगाइएको थियो।

फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुने सरकारले घोषणा गरिसकेको छ। दोस्रो चरणमा ५५ वर्ष माथिकालाई खोप लगाइदैछ।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *