Sajhamanch Archive

वाणिज्य संघ : शिवाकोटको अग्रता कायममै

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ ।

संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १५०७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले १०६८मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १४८५ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले १०६० मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले १३४२ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ११७५ मत ल्याएका छन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले १५७८ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ८९५ मत ल्याएका छन् । भट्टराईको १२४९ र मैनालीको १२५२ मत रहेको छ ।

त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १७८६ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ६९३ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ११५८ मत ल्याउँदा कृष्ण पौडेलले १३३७ मत ल्याउन सफल भएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १४९४ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले १००४ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले १३७२ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरेलले १०९३मत ल्याएकी छन् ।

यो मत २६४२ मतपत्रको गणना गर्दासम्मको मतपरिणाम हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *