Sajhamanch Archive

ताप्लेजुङको दोभान बजारमा आगलागी

Published: in समाज by .

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए । उनले भने, आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’

आगलागीको कारण खुलेको छैन । आगोले पुर्‍याएको क्षतिको विवरण पनि आइसकेको छैन ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *