Sajhamanch Archive

इब्राहिमोबीच तीन साता मैदान बाहिर

Published: in खेलकुद by .

काठमाडौं । स्टार खेलाडी ज्लाटन इब्राहिमोविच तीन साता मैदान बाहिर रहने भएका छन् । इटालियन क्लब एसी मिलानका फरवार्ड इब्राहिमोविच मैदान बाहिर रहने भएका हुन् ।

एसी मिलानले उनी देब्रे खुट्टाको ‘थाइ इन्जुरी’को कारण तीन साता मैदान बाहिर रहने जनाएको छ । यस सिजन उत्कृष्ट फममा रहेका उनी क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सिरी ‘ए’ फुटबलको उपाधि जिताउने योजनामा छन् ।

चोटका कारण इब्राहिमोविचले युरोपा लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । मिलानले युरोपा लिगको अन्तिम १६ मा युनाइटेडसँग मार्च ११ र १८ तारिखमा खेल्दै छ । इब्राहिमोविचले यो सिजन २१ खेलमा १९ गोल गरिसकेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *