Sajhamanch Archive

विप्लव र सरकार वार्तामा बस्दै

Published: in राजनीति, समाज by .

काठमाडौं । भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *