Sajhamanch Archive

सांसदहरुलाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणाको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिइने भएको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि आजबाट सांसदहरुलाई खोप दिइने भएको हो ।

खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *