Sajhamanch Archive

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

झापा । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज विहान वार्ता भएको हो ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाए लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् । भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक रुपमा अघि बढेको जानकारी दिएका छन् ।

विप्लप तर्फबाट नेता प्रकाण्ड र दीपक चलाउने दुई जना वार्तामा सहभागी भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *