Sajhamanch Archive

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

Published: in अर्थतन्त्र, राजनीति, समाज by .

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंस्थित नेपाल आयल निगमअघि ६ विद्यार्थी संगठनले बुधबार आज प्रदर्शन गरेका हुन् । जसमा अनेरास्ववियु पाँचौं, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल नेपाल विद्यार्थी युनियन छन् ।

निगमले फागुन १७ गते रातिबाट एक महिनाभित्रै तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

निगमले पटक पटक नेपाली जनताको ढाड सेक्नेगरी इन्धनको मूल्य बढाउनु दादागिरी भएको अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी केन्द्रीय उपाध्यक्ष सिलु न्यौपाने बताउँछिन् ।

मूल्यवृद्धि छिटोभन्दा छिटो फिर्ता हुनुपर्ने नभए कडा आन्दोलन गर्ने ६ विद्यार्थी संगठनले चेतावनी दिएको अनेरास्ववियुका काठमाडौं जिल्ला कमिटी सदस्य यादव सिंहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *