Sajhamanch Archive

कर्णालीका सदस्यलाई चार लाख रुपैयाँको उपचार सुविधा प्रदान

Published: in समाज, सहकारी by .

भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्य परिवारलाई आज चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ ।

पृथ्वीनगरको ज्ञानेचोकमा रहेको संस्थाको लघुवित्त सेवा केन्द्र नं. १९ का सदस्य सुजनकुमारी राना मगरका श्रीमान सूर्यबहादुर राना मगरलाई मृगौलाको उपचारका लागि आज उक्त रकम प्रदान गरिएको हो ।

आज भद्रपुर सेवा केन्द्रद्वारा आयोजित सदस्य अनुशिक्षण कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष कमला थुलुङले मगरलाई विशेष उपचार राहत प्रदान गरेकी हुन् ।

संस्थाका आइटी तारानाथ सेढाईंले दिएको जानकारी अनुसार भद्रपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक हेमराज खतिवडाको अध्यक्षतामा आयोजित सदस्य अनुशिक्षण कार्यक्रमको सहजीकरण संस्थाका सचिव भूपाल गौतमले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *