Sajhamanch Archive

म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतावनी

Published: in विश्व समाचार by .

काठमाण्डौ । म्यानमारमा हिजो सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

राष्ट्रसंघले म्यानमारमा सैन्य ‘कू’ यताकै रक्तपातपूर्ण दिन भनेको हो । हिजो प्रदर्शनका क्रममा त्यहाँ ३८ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका छन् । हिजोको घटनापछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

सुरक्षा फौजले विभिन्न शहरमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको जनाएको छ । नेतृ आङ सान सुकीलगायत नेताको रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ५० जना भन्दा धेरैको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *