रासायनिक मलको अभाव हुँदैन; कृषि मन्त्रालय
Published:
by .काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो ।
यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन ।
आगामी धानको सिजनका लागि दुई लाख मेट्रिकटन रासायनिक मल मौज्दात रहने उनको दाबी छ ।
Comments