Sajhamanch Archive

कर्णाली साकोसद्वारा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न

Published: in विविधा, समाज, सहकारी by .

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज कमल गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाको संगमस्थलमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजना र दमक सेवा केन्द्रको व्यवस्थापनमा सम्पन्न अनुशिक्षण कार्यक्रमको अध्यक्षता दमक सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सम्योजक शेरबहादुर भट्टराईले गरेका थिए ।

कार्यक्रममा संस्थाको नीति, नियम सेवा सुबिधासहित विषेश उपचार कोषको बारेमा सहकारी संस्थाका सचिव भुपाल बस्नेत र संस्थाको वर्तमान कारोबार अवस्थाका बारेमा दमक सेवाकेन्द्र व्यवस्थापक सुजन भण्डारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा चुलाचुली र कमलका ७० जना सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *