बिर्तामोड नगरपालिकामा बालक्लब गठन, प्रशिक्षण कार्यक्रम शुरु
Published: (Updated: )
by .झापा । बिर्तामोड नगरपालिका भित्र संचालित विद्यालयमा बालक्लब गठन तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
नगरपालिका भित्र संचालित ७५ वटा सामुदायिक र संस्थागत विद्यालयमा बालबालिका लाई नेतृत्व स्थानीय गराउने उदेश्यले क्लब गठन गरिएको नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए ।
नगरपालिका र बालबालिका तथा शिक्षा संञ्चार मञ्च नेपालको सहकार्यमा बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच गठन भएको वीर अमरसिंह बालबालिकाका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै सपदग्रहण समेत गराईएको छ।
कार्यक्रममा शिक्षा अधिकृत जानुका रेग्मी विद्यालयका प्रधानाध्यापक तथा क्लबका संरक्षक यदुनाथ अधिकारीले शुभकामना राखेका थिए। सोही अवसर संरक्षक अधिकारीले क्लबलाई ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
उपाध्यक्ष सोमि थापाले स्वागत गरेको कार्यक्रममा प्रमुख अथिती भण्डारीले नगरपालिकाले बालबालिका लाई आवस्यक सम्पुर्ण सहयोग गर्ने बताए । संक्षम पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सहजकर्ता सरोज पौडेलले गरेका थिए ।
Comments