Sajhamanch Archive

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतले आज गरेको फैसला आजै निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले साँझ प्रेस विज्ञप्ति जारी गर्दै फैसला पत्र दर्ता भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको च. नं २२७३ मिति २०७७।११।२३ को मुद्दा नं ०७५ (wo)०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने यस आयोगबाट मिति २०७५।०२।२३ र मिति २०७५।०७।०९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज मिति २०७७।११।२३ गते कार्यालय समयमा नै प्राप्त भई यस आयोगमा दर्ता नं १०१४ मा दर्ता भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *