Sajhamanch Archive

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक राख्ने भएको छ। सर्वोच्च अदालतले आइतबार गरेको फैसलापछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले आज स्थायी कमिटीको बैठक राख्ने भएको हो।

प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बिहान ११ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई वैधानिकता दिएर ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरेपछि शंकट उत्पन्न भएको छ।

प्रचण्ड–नेपाल समूहका नेताहरुले आइतबार सर्वोच्च अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल पनि गरिसकेका छन्। प्रचण्ड–नेपाल समूह सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन गर्ने तयारीमा लागेका छन्।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *