Sajhamanch Archive

निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने : वन मन्त्री आले

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् ।

सोमबार पारिवारिक निजी वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै निजी वन पैदावारको काठ कटान, ओसार पसार, विक्री वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका हुन् ।

आगामी आर्थिक वर्षमा निजी वनको प्रबर्धनका लागि विशेष कार्यक्रम ल्याउने उपनि उनको भनाइ छ । निजी वन उद्यमीहरुलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने बताए ।

उनले भने, “निजी वन पैदावारको काठ कटान, ओसार पसार, विक्री वितरण तथा उपयोग सम्बन्धीको कानुन व्यवस्थापनलाई थप सरलीकृत गर्दै किसान मैत्री बनाउन म पहलकदमी लिनेछु । आगामी दिनमा निजी वन हुर्काउँदा कसैले दुःख नपाउने गरी कानुनी प्रक्रियाहरुलाई व्यवहारिक बनाइने छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *