Sajhamanch Archive

मोरङमा करेन्ट लागेर एकको मृत्यु

Published: (Updated: ) in समाज by .

मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको हो ।

दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका उनको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *