Sajhamanch Archive

‘सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ’ सिटौला

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक शासन ब्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तथा निर्वाचनमा जान पनि तयार रहेको संकेत रहेका छन् ।

नेपाल महिला संघ झापाको आयोजनामा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित १११औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले यस्तो संकेत गरेका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेको अवस्थामा र संसदले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न नसके मुलुक निर्वाचनमा जान्छ’ नेता सिटौलाले भनेका छन् । ‘नेपाली कांग्रेस पाँच वर्षसम्म नै संसद चलोस् भन्ने चाहन्छ, जनताको म्याण्डेट बमोजिम सरकारमा जाने हाम्रो इच्छा छैन तर संविधानको संरक्षण, लोकतन्त्रको रक्षा र न्यायिक सर्वोच्चताका लागि कांग्रेस निर्वाचन वा सरकारको नेतृत्व दुवैका लागि तयार छ’ नेता सिटौलाको भनाई छ ।

सर्वोच्च अदालतको नेकपा पार्टी सम्बन्धी निर्णयले प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने र लिन नसकेको अवस्थामा बहुमत वा सहमतिका आधारमा नयाँ सरकार गठन गर्ने प्रावधान संविधानमा उल्लेख रहेको सिटौलाले बताएका छन् ।

संविधानमा परिकल्पना गरिए अनुरुप नै संसद विघटनको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले न्यायिक सर्वोच्चता प्रस्तुत गर्दै संविधानको संरक्षण गरेकोप्रति प्रधानन्यायधीश र न्यायाधीशहरुप्रति नेता सिटौलाले आभारसमेत प्रकट गरेका थिए ।

प्रधानमन्त्रीको संसद विघटनसम्बन्धी कदम रोकेर सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उनको टिप्पणी थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *