Sajhamanch Archive

आज  मन्त्रिपरिषद्को बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । त्यसदिन बस्न नसक्ने बैठकहरू अघिपछि बस्नेगर्छ ।

आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *