Sajhamanch Archive

धुम्बाराहीमा राखियो एमालेको बोर्ड

Published: in राजनीति by .

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *