Sajhamanch Archive

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ । बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *