Sajhamanch Archive

लकडाउनले उब्जाएको कृषि व्यवसाय

Published: in अर्थतन्त्र, समाज by .

झापा । कोरोना कहर लकडाउनले केही सचेत र कर्मशिलहरुका लागि अवसर र उद्यमी बन्नतर्फ अभिप्रेरित गरेको उदाहरण अर्जुनधारा नगरपालिकाको एउटा परिवारले प्रस्तुत गरेको छ । लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना वौद्धिक व्यक्तीहरु कोरोना कै कारणले आफै मालिक बनेर स्वरोजगारी बनेका छन् ।

झापाको बिर्तामोड, अर्जुनधारा लगायतका क्षेत्रमा रहेका प्राध्यापक, शिक्षक, कर्मचारी, सिए, मझौला व्यवसायमा आवद्ध व्यक्तीहरुको उपस्थिती कृषि क्षेत्रमा देखिएको छ । शिक्षित वर्ग कृषि पेशामा लाग्दा कृषि क्षेत्र र उत्पादनमा पनि उल्लेखनिय उपलब्धी हुने सोच बनाएर प्राध्यापकहरु केशव ढुंगाना , जीवन रिजाल, शिक्षकहरु रुका ढुंगाना , टिका ढकाल, कर्मचारी इन्द्रजीत नेपाल, व्यापारीहरु नारायनी निरौला, मधुसुधन रिजाल, राधीका कोईराला, मोहनप्रसाद रिजाल त्यसैगरी कृषि पेशमै रहेकी निर्मला नेपाल र चार्टरएकाउण्ट सिए प्रगती रिजाल मिलेर झापाको अर्जुनधारा–१०, श्रीराम चोकमा पूर्ण बहुआयमिक कृषि उद्योग प्रालि संचलनमा ल्याएका छन् ।

दुई विगाह क्षेत्रफलमा सुरु गरिएको कृषि परियोजनामा हाल ३० वटा ठुला टनेलमा च्याउ खेती गरिएको छ । त्यसैगरी सुरुवाती चरणमा ड्रागन फुट खेती, अग्र्यानिक तरकारी र गडौंउला मल प्रसोधन जस्ता काम सुरु गरिएको छ । थोरै लगानी गरेर साझेदारी सामुहिक योजनामा पनि राम्रै आयआर्जन गर्न सकिने अवस्थालाई बुझेर ११ जना शेयरधनीहरुले जनही दुईलाखका दरले लगानी गरेका छन् । आगामी योजना अनुसार लगानी बढाउदै जाने सोच रहेको संचालक सदस्य मधुसुधन रिजालले बताए ।

गत ६ महिनाअघि जमिन व्यवास्थापन र पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । सुरुवातीको छोटो समयमै कृषि उद्योगले राम्रो प्रतिफल दिन थालेको संचालक सदस्य राधीका कोईरालाले बताइन् ।

अनौपचारिक रुपमा संचालनमा ल्याईएको पूर्व बहुआयमिक कृषि उद्योगको विधिवत उद्घाटन गरिएको छ ।
कृषि उद्योगका अध्यक्ष मोहनप्रसाद रिजालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरीकुमार रानाले कृषि उद्योगको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा–१० का वडाध्यक्ष भोला गौतम, कृषि अर्थ विज्ञ शालिकराम भट्टराई, पशु पन्छी विभागका पूर्व महानिर्देशक डाक्टर प्रलाद सापकोटा लगायतले कृषि पेशा र आवश्यकताको बारेमा धारणा राखेका थिए ।

कृषि उद्योगका सचिव केशव ढुङगानाले औचित्यमाथी प्रकाश पारेका थिए भने टीकादेवी रिजालले स्वागत र कार्यक्रमका संयोजक जीवन रिजाले संचालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *