Sajhamanch Archive

फागुन २८ देखि बिर्तामोडमा वडास्तरीय फुटबल प्रतियोगिता

Published: in खेलकुद, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकामा दोस्रो पटक वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा फागुन २८ गते शुक्रबारदेखि प्रतियोगिता हुने अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् ।

प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका विजयी टिमले ७० हजार रुपैयाँ नगद पाउने छन् । प्रतियोगिताका उपविजयी टिमले नगद ५० हजार रुपैयाँ पाउने जनाइएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा गोलरक्षकलाई सम्मान गरिने अध्यक्ष संंग्रौलाको भनाई छ । दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताले सुस्ताएको खेल क्षेत्रलाई स्फूर्ती प्रदान गर्न नगर खेलकुद विकास समितिका विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *