विश्व मिर्गौला दिवसको र्यालीमा प्रधानमन्त्री ओली सहभागी
Published: (Updated: )
by .काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
यसै अवसरमा आज बिहान काठमाडौंको वसन्तपुरबाट र्याली निकालियो । र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहभागी भए ।
हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो ।
बाह्रखरी
Comments