Sajhamanch Archive

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर र जटिल

Published: in स्वास्थ्य by .

काठमाडौं । मस्तिष्काघातका कारण ११ दिनदेखि उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिष्ट डा . राजीव झाका अनुसार जोशीको अवस्था अहिले स्थिर र जटिल छ । उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखिएको छ ।

सोमबारसम्म अवस्थामा केही सुधार देखिए पनि मंगलबार स्वास्थ्य अवस्था गम्भीर भएपछि जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको हो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *